Friday, September 25, 2026

मधेश प्रदेशका पूर्व अर्थमन्त्रीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर

Advertisement
Advertisement

बारा, ०७ साउन । सर्लाहीस्थित बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणका क्रममा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बाग्मती नगरपालिकामा निर्माण गरिएको उक्त बहुचर्चित पूर्वाधार आयोजनामा करिब ३९ करोड ३९ लाख रुपैयाँ बराबरको हानिनोक्सानी र अनियमितता भएको दाबी गर्दै अख्तियारले आरोपितहरू अनुसार फरक-फरक बिगो तथा जरिवानाको मागदाबीसहित कानुनी कदम चालेको हो।

विशेष अदालतमा दर्ता गरिएको मुद्दा अनुसार मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह, अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर र निर्माण कार्यको जिम्मा पाएको ठेकेदार कम्पनी बिकोई धुलिखेल जेभी का प्रतिनिधि युवराज पोखरेल विरुद्ध छुट्टाछुट्टै दायित्व तोकिएको छ।

जसमध्ये पूर्वमन्त्री साह र तत्कालीन सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ भने ठेकेदार कम्पनीलाई ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको अभियोग लगाइएको छ। यसैगरी, मन्त्रालयका उपसचिव उद्धवराज न्यौपानेमाथि २० करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोप छ।

स्थानीय तहका मुख्य जनप्रतिनिधि तथा अधिकारीहरू समेत यस प्रकरणमा जोडिएका छन्। अख्तियारले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान र प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलमाथि पार्क तथा रिसोर्ट निर्माणको क्रममा कूल ३९ करोड ३९ लाख रुपैयाँ हानिनोक्सानी पुर्‍याएको मुख्य आरोप लगाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर