Saturday, September 19, 2026

देशकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, नागढुंगा–सिस्नेखोलाको उद्घाटन

Advertisement
Advertisement

काठमाडौं, ११ साउन । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन।

उद्घाटन भए तापनि सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि भने खुला गरिएको छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ।

सुरुङमार्गको सुरक्षा अवस्था, ट्राफिक व्यवस्थापन र प्राविधिक पक्षको मूल्यांकन गर्नका लागि करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरिनेछ। सो परीक्षणबाट प्राप्त नतिजाका आधारमा अन्य वर्गका सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्न दिने आयोजनाको तयारी छ। परीक्षण अवधिभर प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने भए पनि नियमित सञ्चालनमा आएपछि भने सवारीसाधनको प्रकार र दिशाअनुसार फरक-फरक शुल्क लाग्नेछ।

सडक विभागका अनुसार नियमित सञ्चालनपछि कार र भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ, मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस र ठूला ट्रकले प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर