Saturday, September 19, 2026

हिंसा होइन संवादबाट समाधान खोज्न सरकारको आग्रह, सामाजिक सद्भाव कायम राख्न अपिल

Advertisement
Advertisement

काठमाडौं, १२ साउन । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जमा साउन १० गते भएको घटना र तत्पश्चात् पूर्वी नेपालका केही जिल्लाहरूमा उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा साउन १२ गते जारी प्रेस विज्ञप्तिमा घटनाका क्रममा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। 

घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको र घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी कार्य प्रारम्भ गरिसकेको सरकारले जानकारी गराएको छ। 

विज्ञप्तिमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानुनी कारबाही गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने स्पष्ट पार्दै सरकारले नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। 

साथै, साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, भ्रामक सूचना वा उत्तेजना नफैलाउन र उच्च संयमता अपनाउन सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गरिएको छ। मुलुकमा शान्ति सुव्यवस्था र सद्भाव कायम राख्न सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ-संस्था, सञ्चारमाध्यम र सम्पूर्ण जनसमुदायमा आह्वान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर