Thursday, August 6, 2026

बाढीले बगाउँदा बर्दिबासमा एक जनाको मृत्यु

बारा, २१ साउन । महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–५ का ६२ वर्षीय टंकबहादुर बस्नेत रहेका छन्। बुधबार साँझ खोलाछेउमा रहेको आफ्नो खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर बाढीले बगाउन थालेपछि त्यसलाई निकाल्न जाने क्रममा उनी एक्कासि आएको बाढीको भेलमा परेर बेपत्ता भएका थिए।

घटनाको जानकारी पाउनासाथ खोजी कार्यमा जुटेको प्रहरी टोलीले बस्नेतलाई घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर