Monday, September 21, 2026

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

Advertisement
Advertisement

बारा, ५ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकहरूलाई कडा कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

सामाजिक सञ्जालमार्फत शिक्षकहरू दलगत राजनीतिक कार्यक्रममा सहभागी भएको तथ्य बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले कुनै पनि प्रकारका राजनीतिक गतिविधिमा लाग्ने शिक्षकहरूमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न र देशैभरका विद्यालयहरूमा यस्ता गतिविधिको सूक्ष्म निगरानी बढाउन कडा निर्देशन दिएका छन्।  

शिक्षामन्त्रीको निर्देशनलगत्तै जिल्लास्तरका शिक्षा विकास तथा समन्वय एकाइहरू सक्रिय बनेका छन्। शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै आ-आफ्नो क्षेत्रभित्रका विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक संलग्नताबारे गहन निगरानी गर्न र आचरण विपरीतका गतिविधि पाइएमा कारबाही गर्न आग्रह गरेको छ। एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत पठाइएको छ।  

यसैगरी, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि सामाजिक सञ्जालमा प्राप्त प्रमाणका आधारमा राजनीतिक गतिविधिमा संलग्न देखिएका चार जना शिक्षक तथा कर्मचारीहरू—प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनामाथि कारबाही अघि बढाउन सम्बन्धित स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

सिन्धुलीका एकाइ प्रमुख दिनेश प्रसाद देवकोटाका अनुसार दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गरी शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को व्यवस्थाविपरीत काम गर्ने ती शिक्षक तथा कर्मचारीमाथि अविलम्ब कारबाही गरी सोको जानकारी एकाइलाई गराउन भनिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर