Thursday, September 24, 2026

त्रिभुवन विमानस्थलबाट सुनसहित बाराका एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०८ असोज । बाराको पचरौता नगरपालिका–१ पिपरपाटी बस्ने ३३ वर्षीय अनिस अन्सारी र एक भारतीय नागरिक काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६१५.६ ग्राम अवैध सुनसहित प्रहरी नियन्त्रणमा परेका छन्।

कतारको दोहाबाट कतार एयरलाइन्समार्फत आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार र कारोबारमा संलग्न रहेको अभियोगमा अन्सारीलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको आन्तरिक पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जाँचका क्रममा अन्सारीको साथबाट ७९.६ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका गरगहना बरामद गरिएको छ। सोही क्रममा, कतारकै दोहा हुँदै काठमाडौँ ओर्लिएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।

उनीमाथि खानतलासी गर्दा भन्सार छली गरी ल्याइएको ५३६ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थ फेला परेको हो। पक्राउ परेका बाराका अन्सारी र भारतीय नागरिक थोडी दुवै जनालाई थप अनुसन्धानका साथै आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर