बारा, ०९ असोज । काठमाडौंबाट सिमराका लागि उडान भरेको बुद्ध एयरको विमान सिमरामा मौसम प्रतिकूल भएपछि अवतरण गर्न नसकी पुनः काठमाडौं फर्किएको छ।
आज बिहान सिमरा क्षेत्रमा वर्षा, तीव्र हावाहुरीसहितको खराब मौसम भएपछि विमानले सिमराको आकाशमा करिब दुई फन्को (होल्ड) लगाए पनि अवतरणको हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सुरक्षित रूपमा डाइभर्ट भएको हो।
बिहानैदेखि सिमरा क्षेत्रमा वर्षाको सम्भावना रहेको थियो। उडान तालिकाअनुसार बिहान ७:२० बजेको बुद्ध एयरको उडान नम्बर ५५१ तीव्र हावाहुरीका कारण डाइभर्ट भएको थियो।
काठमाडौं–सिमरा रुटमा बुद्ध एयरले मात्रै उडान सञ्चालन गर्दै आएको छ।






