काठमाडौं, २६ असोज। गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा नेपालको प्रतिनिधित्व गर्न आज भारत प्रस्थान गरेका छन्।
बैठकमा गृहमन्त्री गुरुङले क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा, आतङ्कवाद नियन्त्रण तथा विपद् व्यवस्थापनमा क्षेत्रीय सहकार्य सुदृढ गर्ने विषयमा नेपालको धारणा र प्राथमिकता प्रस्तुत गर्नेछन्।
बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहने उक्त बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
गृहमन्त्री गुरुङको सहभागिता बिमस्टेक सदस्य राष्ट्रहरूमध्ये सहभागी हुने सबैभन्दा कम उमेरका गृहमन्त्रीका रूपमा समेत विशेष रहेको बताइएको छ। नेपालको प्रतिनिधित्व गर्दै उनले क्षेत्रीय सुरक्षा तथा सहकार्यका विषयमा नेपालको प्राथमिकता राख्नेछन्।






