बारा, २८ असोज । रौतहटको चन्द्रपुर नगरपालिका–मोतीपुरमा बुधबार बिहान एउटा दुखद दुर्घटना भएको छ।
सिन्धुरेघारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको मुनलाइट इङ्लिस बोर्डिङ स्कुलको मधेश प्रदेश ०३–००१ क २८७८ नम्बरको बसले बाटो छेउमा खेलिरहेकी स्थानीय दुई वर्षीया बालिका महिमा चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी बसन्त गौतमका अनुसार मृतक बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पतालमा राखिएको छ।
दुर्घटनापछि प्रहरीले बस र बस चालक चन्द्रपुरका ४५ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।






