Tuesday, October 20, 2026

ओमानविरुद्ध १० रनको जित निकाल्दै नेपालको ओडीआई मान्यता सुरक्षित

Advertisement
Advertisement

बारा, ०२ कात्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो अन्तिम तथा निर्णायक खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर्दै तालिकाको शीर्ष ६ मा स्थान पक्का गरेको छ।

ओमानको अल अमिरेत क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २८१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ८० रन, दीपेन्द्रसिंह ऐरीले ६९ रन र देव खनालले ५७ रनको अर्धशतकीय पारि खेलेका थिए।

चौथो विकेटका लागि रोहित र दीपेन्द्रबीच १३९ रनको महत्वपूर्ण शतकीय साझेदारी भएको थियो। ओमानका शाह फैसलले ५ विकेट लिएका थिए।

यो जितसँगै नेपालले ३६ खेलबाट ३० अंक जोड्दै सातौँ स्थानको क्यानडा (२९ अंक) लाई पछि पारेर छैठौँ स्थान हासिल गरेको छ। ओमान भ्रमणका ४ मध्ये ३ खेलमा जित निकाल्दै लिग–२ को समापन गरेको नेपालले शीर्ष ६ भित्र पर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता समेत सुरक्षित गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर