Sunday, October 18, 2026

सुनकोसी नदीमा जीप खस्दा तीन जनाको मृत्यु, चार घाइते

Advertisement
Advertisement

बारा, ०१ कात्तिक। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित सडकबाट जीप सुनकोसी नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा परेर चार जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता भएका छन्।

आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको खबर पाउनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट खटिएको प्रहरी टोलीले उद्धार कार्य सुरु गरेको थियो।

दुर्घटनास्थलमा तीन जना महिलाको शव फेला परेको छ। दुर्घटनामा घाइते भएका चालकसहित चार जनालाई तत्काल उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रा.लि. पठाइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल रिफर गरिएको छ। बेपत्ता तीन जनाको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर