Friday, October 23, 2026

एनपीएल तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह नेपाल आइपुगे

Advertisement
Advertisement

बारा, ०६  कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सहभागी हुन जनकपुर बोल्ट्सका नवनियुक्त कप्तान हरमित सिंह शुक्रबार नेपाल आइपुगेका छन्।

बाँयाहाते स्पिन बलिङ अलराउन्डर ३४ वर्षीय हरमितले यसअघिका दुवै संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए। अघिल्ला दुई संस्करणमा सुदूरपश्चिम रोयल्सलाई लगातार फाइनलसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यसपटक भने उनी साविक विजेता जनकपुर बोल्ट्सको नेतृत्व गर्दै मैदानमा उत्रिँदैछन्। पहिलो संस्करणमा अनिल साहको कप्तानीमा मैदानमा ओर्लिएको जनकपुर बोल्ट्सले एनपीएलको उद्घाटन संस्करणको उपाधि समेत जितेको थियो। हरमितको आगमनसँगै जनकपुर बोल्ट्सले तेस्रो संस्करणमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर