Sunday, October 25, 2026

बडा दसैँको अन्तिम दिनः कोजाग्रत पूर्णिमाका अवसरमा महालक्ष्मीको पूजा आराधना गरिँदै

Advertisement
Advertisement

बारा, ०८ कात्तिक । नेपालीहरूको महान चाड बडा दसैँ १५ दिन लामो विभिन्न विधिहरू पूरा गर्दै आज राति सम्पन्न हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने ‘कोजाग्रत पूर्णिमा’ का अवसरमा आज साँझ धन, ऐश्वर्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजा आराधना गरिँदैछ। यस दिन विधिपूर्वक महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा देवी प्रसन्न भई धनधान्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजैका दिन विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम तथा अखिल बलिपूर्तिको कार्य पनि समापन हुन्छ।

यसैक्रममा घरघरमा राखिएका जमरालाई नजिकका नदी, तलाउ वा पवित्र तीर्थस्थलमा लगी सेलाइनेछ। माता दुर्गाका तीन रूपमध्ये महालक्ष्मीको आराधनासँगै आजैको दिन हात्तीमा चढेका देवराज इन्द्रको पनि पूजा गर्ने शास्त्रीय विधान रहेको छ।

कोजाग्रत पूर्णिमाको समापनसँगै १५ दिनसम्म हर्षोल्लासपूर्वक मनाइने दुर्गा पक्षको औपचारिक बिदाइ हुन्छ। यस पर्वको समापनसँगै भोलिपल्ट अर्थात् कार्तिक ९ गतेदेखि कार्तिक स्नान, तुलसीको विशेष पूजा आराधना तथा आकाशदीपदान कार्य आरम्भ हुने समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर