Sunday, October 25, 2026

भोलिदेखि शुरु हुने एनपीएलको सबै तयारी पूरा

Advertisement
Advertisement

बारा, ०८ कत्तिक । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ।

भोलिदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यस प्रतियोगितामा कुल ८ फ्रेन्चाइज टोलीहरू (लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज) ले प्रतिस्पर्धा गर्दैछन्।

मंसिर ५ गतेसम्म चल्ने ३२ खेलको यस प्रतियोगिताको उद्घाटन खेल भोलि बेलुकी ५ बजे साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ। 

यसपटकको एनपीएलमा पहिलोपटक हक-आई प्रविधिमा आधारित ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रयोग गरिनेछ, जसअन्तर्गत हरेक टोलीले प्रत्येक इनिङ्समा दुईवटासम्म समीक्षा (रिभ्यु) लिन पाउने व्यवस्था मिलाइएको छ।

साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस प्रतियोगितालाई आधिकारिक मान्यता दिएपछि यसको महत्त्व थप बढेको छ। अन्तर्राष्ट्रिय क्षेत्रका अनुभवी र चर्चित विदेशी खेलाडीहरूको सहभागिताले नेपाली खेलाडीलाई उच्च स्तरको अनुभव हासिल गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।

प्रतियोगितालाई दर्शकमैत्री र व्यवस्थित बनाउन मैदानमा दुई हजार थप दर्शक अट्ने छानासहितको सिट, एलईडी स्कोरबोर्ड, डिजिटल बाउन्ड्री बोर्ड र मिडिया सेन्टरजस्ता नयाँ सुविधा थपिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर