Sunday, October 25, 2026

दसैंपछि सुनको मूल्यमा भारी गिरावट: प्रतितोला ११ हजार ७ सयले घट्यो

Advertisement
Advertisement

बारा, ०८ कात्तिक । दसैंको बिदापछि खुलेको नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च दरले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज नेपाली बजारमा पनि सुनको मूल्यमा ठुलो गिरावट आएको हो।

महासंघले दिएको जानकारीअनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ ले घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो। सोमबारयता पहिलो पटक आज नयाँ मूल्य निर्धारण गरिएको हो।

त्यसैगरी, सुनसँगै चाँदीको भाउ पनि घटेको छ। गत सोमबार प्रतितोला ४ हजार १८५ रुपैयाँ मा कारोबार भएको चाँदी आज २३० रुपैयाँ ले घटेर ३ हजार ९५५ रुपैयाँ मा झरेको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा यो व्यापक फेरबदल आएको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर