Monday, October 26, 2026

एनपीएल आज देखि : विजेतालाई डेढ करोड पुरस्कार, डीआरएस प्रविधि र आईसीसीको मान्यता

Advertisement
Advertisement

बारा, ०९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा बहुप्रतिक्षित तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि औपचारिक रूपमा सुरु हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आज साँझ ५ बजे देखि सुरु हुने छ। उद्घाटन खेलमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सहभागी हुने उच्च सम्भावना रहेको क्यानले जनाएको छ। 

मंसिर ५ गतेसम्म सञ्चालन हुने कुल ३२ खेलको यस तेस्रो संस्करणमा ८ वटा फ्रेन्चाइज टोलीहरू—लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। 

यसपटक प्रतियोगितालाई अझ प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन पहिलोपटक हक-आई प्रविधिमा आधारित डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग गरिनेछ। जसअनुसार प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटासम्म समीक्षा (रिभ्यु) लिन पाउने व्यवस्था मिलाइएको छ।

साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतियोगितालाई आधिकारिक मान्यता दिएकाले यसको महत्त्व र गरिमा थप बढेको छ। अन्तर्राष्ट्रिय स्तरका अनुभवी र चर्चित विदेशी खेलाडीहरूको सहभागिताले नेपाली खेलाडीहरूलाई उच्च स्तरको अनुभव र एक्सपोजर हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। 

क्यानका अनुसार यस संस्करणको उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टोलीले ८० लाख, तेस्रो स्थान हासिल गर्नेले ४० लाख र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

आर्थिक हिसाबले पनि ठूलो मानिएको यस प्रतियोगिताबाट करिब ७० करोड रुपैयाँको कुल आर्थिक कारोबार हुने क्यानको आशा छ, जसमध्ये २० करोड रुपैयाँ शुद्ध आम्दानी हुने अनुमान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर