Monday, October 26, 2026

बारामा कोब्रा सर्पको दंशबाट बालकको मृत्यु

Advertisement
Advertisement

बारा, ०९ कार्तिक । बारामा कोब्रा सर्पको दंशबाट आइतबार एक बालकको मृत्यु भएको  छ।

मृत्यु हुनेमा भारत बिहार जिल्ला पुर्वीचम्पारण पकडिया घर भई हाल मामा घर जिल्ला बारा बिश्रामपुर गाउँपालिका-५ इटियाहीमा १ महिना देखी आमाको साथमा बस्दै आएको गजेन्द्र प्रसाद पालको चार वर्षीय छोरा आदित्य प्रसाद पाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मामा घर अगाडी खेलिरहेको अवस्थामा बिषालु कोब्रा सर्पले बाँया खुट्टामा टोक्दा गम्भिर भएका थिए। उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पर्सामा ल्याई डाक्टरले चेकजाँच ईसीजी गर्दा मृत्यु भएको छ।

सोहि अस्पतालमा खटिएको प्रहरीले प्रहरी चौकी मुसहर्वा बारामा जानकारी प्राप्त हुना साथ उक्त स्थानमा प्रहरी चौकी मुसहर्वाबाट प्रहरी नायब निरीक्षक मनोज साह सोनारको कमाण्डमा टोलि खटि गएको थियो।

उनको मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट शव घरमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर