Saturday, October 31, 2026

फेटामा गोली लागेर घाइते युवकको पहिचान खुल्यो, अवस्था गम्भीर

Advertisement
Advertisement

बारा, १४ कात्तिक। बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालय उद्घाटनका क्रममा भएको विरोध प्रदर्शनले उग्र रूप लिएपछि गोली लागेर घाइते भएका युवकको पहिचान खुलेको छ।

गोली लागेर घाइते हुनेमा फेटा गाउँपालिका–३ निवासी धर्मेन्द्र पासवानका छोरा अन्दाजी १८ वर्षीय आदित पासवान रहेका छन्। उनलाई पेटमा गोली लागेको बताइएको छ। उनको अवस्था गम्भीर रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

१५ शय्याको अस्पतालमा विद्युत् तथा आवश्यक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेका थिए। सोही क्रममा कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको थियो।

विरोध प्रदर्शनका क्रममा १० वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने गोलीसमेत प्रहार भएको बताइएको छ। गोली लागेर आदित गम्भीर घाइते भएपछि घटनास्थलको अवस्था थप तनावपूर्ण बनेको छ।

अस्पतालको पूर्वाधार निर्माण र सेवा सञ्चालनको तयारी पूरा नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्। घटनामा संलग्न व्यक्ति, गोली प्रहारको कारण तथा आगजनीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको विवरण प्राप्त हुन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर