बारा, २३ कात्तिक। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले बढेको हो।
आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ३ हजार ८५५ रुपैयाँ पुगेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।




