Monday, November 9, 2026

एनपीएलमा कर्णालीका कप्तान सोमपाल अनौठो तरिकाले आउट, पोखरासँग ६३ रनले पराजित कर्णाली

Advertisement
Advertisement

बारा, २३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामी अनौठो तरिकाले अब्स्ट्रक्टिङ द फिल्डको नियमअनुसार आउट हुन पुगेका छन्।

उक्त खेलमा पोखराले दिएको २१८ रनको कठिन लक्ष्य पछ्याउने क्रममा कर्णाली ६३ रनले पराजित भएको छ।

१३० रनमा ६ विकेट गुमाएर संघर्ष गरिरहेको अवस्थामा १४.५ ओभरमा विपिन खत्रीले फ्याकेको बललाई कप्तान सोमपालले प्रहार गर्न खोज्दा ब्याटको अन्डरएज लागेर बल त्यहीँ उफ्रिएको थियो। आफूले चाहेजस्तो सट खेल्न नसकेर हताश बनेका सोमपालले रिसको झोकमा बललाई फेरि ब्याटले हिर्काइदिएका थिए।

क्रिकेटको नियमअनुसार ब्याटरले एक पटक बल प्रहार गरिसकेपछि स्टम्पमा लाग्नबाट बचाउनका लागि मात्रै दोस्रो पटक ब्याट वा शरीर प्रयोग गर्न पाइन्छ।

तर सोमपालले स्टम्प जोगाउन नभई आक्रोशमा आएर बलमाथि दोस्रो पटक ब्याट चलाएका कारण अन-फिल्ड अम्पायरले थर्ड अम्पायरसँग रिफर गर्दा उनलाई आउट दिइएको थियो। अन्त्यमा निर्धारित लक्ष्य पूरा गर्न नसक्दा कर्णालीले पोखराविरुद्ध फराकिलो हार व्यहोर्नुपरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर