Monday, November 9, 2026

सुजित मेमोरियल टी–२० को उद्घाटन खेलमा वडा नम्बर ७ विजयी

Advertisement
Advertisement

बारा,२३ कात्तिक । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ७ ले वडा नम्बर १४ लाई ७८ रनले पराजित गर्दै शानदार जित हात पारेको छ।

‘खेलकुदले जोड्छ, युवाले बदल्छ कलैया–१४’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा टसपछि पहिले ब्याटिङ गरेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। वडा नम्बर ७ का लागि अभिषेक श्रीवास्तवले ३०, रोहित साहले २६ र रोहित महराले २१ रनको योगदान दिए। बलिङतर्फ वडा नम्बर १४ का अमजद अन्सारीले ३ तथा मेराज खानले २ विकेट लिए।

१३३ रनको लक्ष्य पछ्याएको वडा नम्बर १४ को टोली ११.३ ओभरमा ५४ रनमै अलआउट भयो। वडा नम्बर १४ का लागि प्रवेज खानले १५ र सन्देश यादवले ११ रन बनाए।

बलिङतर्फ वडा नम्बर ७ का अभिषेक श्रीवास्तवले उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा ११ रन खर्चेर ५ विकेट लिए। त्यस्तै, प्रियान्शु भारद्वाजले २ विकेट हात पारे। पाँच विकेट लिएका अभिषेक श्रीवास्तवको उत्कृष्ट प्रदर्शनमा वडा नम्बर ७ ले उद्घाटन खेलमा ७८ रनको जित दर्ता गरेको हो। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ३ ओभरमा ११ रन खर्चेर ५ विकेट लिएका अभिषेक श्रीवास्तव वडा नम्बर ७ को जितसँगै उद्घाटन खेलको म्यान अफ द म्याच घोषित भएका छन्।

यूथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।

आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार मंगलबार पहिलो खेल बिहान ८ बजेदेखि कलैया उपमहानगरपालिका वडा नम्बर ६ र ८ बीच तथा दोस्रो खेल दिउँसो १ बजेदेखि वडा नम्बर ४ र ११ बीच हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर