Sunday, November 15, 2026

छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Advertisement
Advertisement

बारा, २९ कात्तिक । तराई–मधेशसहित देशभर हर्षोल्लासका साथ मनाइँदै गरेको आस्था, निष्ठा र सूर्य उपासनाको महान पर्व छठअन्तर्गत आज तेस्रो दिन मुख्य आकर्षणको रूपमा रहेको सझियाघाट अर्थात् अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरिँदैछ।

चार दिवसीय छठ पर्वको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि निष्ठापूर्वक सम्पन्न गरेका व्रतालुहरूले आज दिनभर कठोर निर्जल उपवास बसिसकेपछि साँझपख नदी किनार, पोखरी तथा जलाशयहरूमा पुगी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्।

खरना सम्पन्न भएलगत्तै सुरु भएको ३६ घण्टे कडा ब्रतको पालنا गर्दै व्रतालुहरूले आज साँझ विभिन्न प्रकारका ठकुवा, भुसुवा, केरा तथा फलफूलसहितका अर्घ्य सामग्रीहरूका साथघाटमा पुग्नेछन्।

आजको मुख्य दिनलाई मध्यनजर बाराको कलैया सहित जिल्लाका नदी किनार, पोखरी र जलाशयहरूमा आकर्षक रूपमा छठघाटहरू निर्माण, सरसफाइ र झिलिमिली बत्तीहरूले सजाउने काम पूर्ण रूपमा सम्पन्न भएको छ।

जातीय, साम्प्रदायिक तथा वर्गीय भेदभावरहित भएर समाजका सबै नागरिक एकै लहरमा उभिएर सूर्यदेवको आराधना गर्ने यस पर्वले सामाजिक सद्भाव र मेलमिलापको अनुपम सन्देश दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर