Tuesday, August 4, 2026

क्याम्पस प्रमुख स्व. कुशवाहाको स्मृतिमा दिप प्रज्वलन

बारा । बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख स्व.हरिभुषण कुशवाहाको १३ औं पुण्य तिथिमा सदरमुकाम कलैयामा दिप प्रज्वलन गरिएको छ । स्व. कुशवाहाको आत्माको शान्तिका लागि दिप प्रज्वलन गरिएको हो ।

गत जेठ ३२ गते जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको थियो ।

उनले मोटरसाइकल चलाई खजुरियाबाट कलैया तर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।

उक्त दिप प्रज्वलन कार्यक्रममा राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष जंग बहादुर चौरसिया,कार्यवाहक क्याम्पस प्रमुख निवेश तिमिल्सिना, यूवा, विधार्थी, शिक्षक, कर्मचारी, नागरिक अगुवा, समाजसेवी, राजनितिक दलका प्रतिनिधीहरु लगायतको सहभागी रहेको थियोे ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर