Wednesday, July 22, 2026

बारा प्रहरीले गर्यो दुई बालबालिकाको उद्धार

बारा, २१ असार । बारा प्रहरीले दुई जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत खटिएको प्रहरी टोलिले कलैया उप-महानगरपालिका वडा नम्बर २० वसतपुर बस्ने मंसुर मियाँ ठकुराईको छोरा अन्दाजी वर्ष १० को समिर मियाँ ठकुराई र सोही स्थानीय तहको वडा नम्बर १२ धर्मनगर बस्ने राम एकबाल प्रसाद कुशवाहाको छोरी अन्दाजी वर्ष ४ की सोनी कुमारको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।

प्रहरीका अनुसार असार २० गते समिर र असार २१ गते सोनी अलपत्र परेका थिए । उनीहरु दुबै जना सदरमुकाम कलैया स्थित भरत चौक बाट अलपत्र परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर