Wednesday, July 22, 2026

वीरगन्जमा रथयात्राको सम्पुर्ण तयारी पुरा

वीरगन्ज, २२ असार । पर्साको प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा असार २३ गते आईतबारका दिन निकालिने भएको छ।

वीरगन्ज महानगरपालिकाको ऐतिहासीक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा यहि असार २३ गते वृहत्त रथयात्रा निकिलिने समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा निकालिने तयारी भइरहेको अध्यक्ष पोखरेलले बताए । रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको बनाउने र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गर्ने काम लगभग सकिएको बताएका छन् ।

एक महिना अघिदेखि नै रथको मण्डपलाई काठमाडौंको विशेष कारिगरसँग चाँदीको पत्र जडान गर्ने काम भइरहेको समितिले जनाएको छ।

रथको मण्डपलाई चाँदीको पत्रले ढाक्न १५ किलो बराबरको चाँदी खपत हुने समितिले जनाएको छ। जसमा अहिलेसम्म स्थानीय दाताहरूले सहयोग गरिरहेको रथ समितिका उपाध्यक्ष देवानन्द कलवारले बताए।

गहवामाईको रथ निर्माणमा पछिल्लो वर्ष करिब २० लाख रुपैयाँ खर्च भएको रथ यात्रा निर्माण समितिका महा–सचिव पप्पु गुप्ताले बताए। यस वर्षको खर्च रथ यात्रा निकालिएपछि मात्र बताउन सकिने उनले बताए। गत वर्ष रथ यात्राका लागि वीरगञ्ज महानगरपालिकाले ३ लाख रुपैयाँ, माईस्थान मन्दिर सञ्चालक समितिले साढे ३ लाख र बाँकी रकम स्थानीय दाताहरूले दान स्वरुप सहयोग गरेको उनले बताए।

गत वर्ष रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको थियो। जसमा वन विभागबाट सरकारी मूल्यमा काठ उपलब्ध गराइएको थियो। सखुवा र सिसमको काठले तयार पारिएको रथ २ महिनामा तयार भएको थियो। फोटो : युथ्स अफ बिरगंज

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर