Wednesday, September 9, 2026

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Advertisement
Advertisement Advertisement

कलैया, २२ कात्तिक । बारामा बिहीबार एक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी टोल निवासी २० वर्षीय राज मिया रहेका छन्। उनको उपचारको क्रममा एलएस न्यूरो अस्पताल परवानीपुरमा मृत्यु भएको हो।

बारा जीतपुर सिमरा-१० नितनपुर स्थित रहेको शिव शक्ति पेट्रोलपम्प अगाडि जीतपुर बाट वीरगंज तर्फ जादै गरेको म.प्र.०३–०२८ प ३९०९ नं.को नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बाटो छेउको रेलिङमा ठोकिन गई दुर्घटना भएको हो। मोटरसाइकलमा पछाडि सवार पर्साको बौधरमाई-६ भवराटार बस्ने मोलिरहमान मियाको १७ वर्षीय छोरा महबुब मिया घाइते भएका छन्। उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ।

उनको अवस्था गम्भीर रहेको छ। यस्तै मोटरसाइकल पछाडि पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १९ केहुनिया टोल बस्ने सरोजप्रसाद यादवको १६ वर्षीय छोरा बिक्की यादव घाइते भएका छन्। उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर