Wednesday, September 9, 2026

बारामा १५ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ

Advertisement
Advertisement Advertisement

बारा,०२ पुस । बारा प्रहरीले १५ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ गरेको छ ।

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थितमा हेटौडाबाट पथलैया तर्फ आउदै गरेको बि आर २२ ज ५३३३  नम्बरको भारतीय प्लेट भएको कार संकास्पद लागी रोकी चेक जाँच गर्दा कार भित्र बिचको सिट मुनि फलामको फल्स बटम बनाई सोही फल्स बटम भित्र लुकाई छिपाई रखेको अवस्थामा लागू औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य जिल्ला पूर्वीचम्पारण मोतिहारी थाना गोबिनगंज ग्राम पंचायत मुरा वडा नं.१४ बस्ने वर्ष २६ को अखिलेश कुमार र कारमा सवार सोहि ठाउँका वर्ष १९ को राजकुमार पासवान रहेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए ।  

उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर