Thursday, June 4, 2026

जनकपुर बोल्ट्सका समर्थकलाई साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाही गर्न गगन थापाको माग

spot_img

काठमाडौँ,७ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलका क्रममा जनकपुर बोल्ट्सका समर्थकलाई नश्लीय र साम्प्रदायिक व्यवहार गर्नेमाथि कारबाही गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माग गरेका छन ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै माग गरेका हुन । उनले फाइनल खेलमा भएको घटनालाई लिएर मधेशी आयोगले कानूनी उपचार खोज्दै गृहमन्त्रालयलाई गरेको कारबाही सिफारिस माग सही भएको बताएका छन ।

“जनकपुर बोल्ट्स का समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। No If No But” थापाले लेखेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर