Thursday, June 4, 2026

गढीमाई मन्दिरमा तोडफोड गर्ने ३ जना पक्राउ

spot_img

बारा,११ माघ । बाराको गढीमाई मन्दिरमा तोडफोड गर्ने ३ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नं. २ बस्ने वर्ष २३ को एजाज अंसारी, महागढीमाई नगरपालिका-१ बस्ने वर्ष १९ को अरमान अंसारी, र महागढीमाई-१ कै वर्ष ३६ को विधा सागर पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन।

गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुटने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सि.सि. क्यामरा, दान पेटिका र गढीमाई मन्दिरको बिवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

निमित्त प्रमुख डीएसपी सापकोटाका अनुसार प्रहरीलाई समेत डयूटीमा वाधा पारी उच्छृखल क्रियाकलाप गरेको सुचनाका आधार र सिसिटिभी फुटेज बाट पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर