Monday, August 3, 2026

माघ महिनामा मात्रै मधेसमा ७ सय भन्दा बढि फरार प्रतिवादी पक्राउ

कलैया, १० फाल्गुन। आर्थिक वर्ष २०८१/०८२ को माघ महिनामा नेपाल प्रहरीले तीनहजार दुईसय ६४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने तिनीहरूबाट २३ करोड ९२ लाख ११ हजार ७२ रुपैयाँ जरिवाना तिराएको छ।

प्रदेशगत तथ्याङ्क हेर्दा कोशी प्रदेशमा ५ सय २७ जना पक्राउ एक करोड ४९ लाख ३५ हजार ३ सय ४७ रुपैयाँ, मधेस प्रदेशमा सात सय १३ जना पक्राउ हुँदा, ९७ लाख २९ हजार दुईसय ७० रुपैयाँ जरिवाना, बागमती प्रदेशमा १ सय ७० जना पक्राउ हुँदा एक करोड १४ लाख ७८ हजार ३० रुपैयाँ जरिवाना तिराइएको छ।

गण्डकी प्रदेशमा दुई सय १६ जना पक्राउ हुँदा एक करोड ६४ लाख ४७ हजार आठ सय छ रुपैयाँ जरिवाना, लुम्बिनी प्रदेशमा पाचसय ७३ जना पक्राउ हुँदा १० करोड ९९ लाख ९२ हजार दुई सय ६३, कर्णाली प्रदेशमा ५५ जना पक्राउ हुँदा २१ लाख ९६ हजार दुईसय ९० रुपैयाँ जरिवाना, सुदुरपश्चिम प्रदेशमा ८९ जना पक्राउ हुँदा सात लाख ६२ हजार पाँच सय ३६ रुपैयाँ जरिवाना र काठमाडौं उपत्यकामा नौ सय तीन जना पक्राउ हुँदा ५ करोड ८२ लाख ६४ हजार पाँच सय ३० रुपैयाँ जरिवाना तिराइएको नेपाल प्रहरीले जनाएको छ।

यस्तै केन्द्रिय अनुसन्धान ब्युरोले ७ जना फरार प्रतिवादीलाई पक्राउ गर्दा एक करोड ५४ लाख ८५ हजार जरिवाना तिइराएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर