Sunday, August 9, 2026

बारामा लागूऔषध गाँजा सहित ४ जना पक्राउ

बारा, १२ फागुन। बारामा लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ्ग-१ हाँडिखोला बस्ने बर्ष ४० को अर्जुन रूम्बा, सोहि ठाउका बर्ष ३४ को राजु लामा, बर्ष ३१ को प्रदिप मोक्तान रहेका छन ।

उनीहरुलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नारायणगढबाट वीरगंज तर्फ जादैँ गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा २१ किलो लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

त्यस्तै प्रहरीले बाराको अमलेखगंज चोकबाट लागूऔषध गाँजा सहित थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-१८ ईनर्वा मैनाली बस्ने वर्ष २१ को राजकिशोर कुर्मी रहेका छन।

प्रहरीले उनको साथबाट ४.९ किलो लागू औषध गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार अमलेखगंज चोक स्थित हेटौडा बाट वीरगंज तर्फ पैदल जादै गरेको यात्री शंकास्पद लागेर चेक जाँच गर्दा कुर्मीले बोकेको व्याग भित्र लुकाई छिपाई लगि रहेको अवस्थामा लागूऔषध गाँजा फेला परेको हो।

चारै जनालाई नियन्त्रणमा लिएर लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर