Saturday, July 25, 2026

बसको ठक्करबाट बारामा एकजनाको मृत्यु 

कलैया, २३ फागुन। बाराको कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

महागढीमाई नगरपालिका बरियारपुरबाट कलैयातर्फ आउदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर गम्भिर घाइते भएका एकजनाको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटको बिजयपुर लक्ष्मिनिया नगरपालिका वडा नं ५ बरगिनिया बस्ने अन्दाजी ३५ वर्षिय अनिल प्रसाद यादव रहेका छन्। मृतक यादवको शव कलैया अस्पतालको शव गृहमा राखिएको बारा प्रहरीले जनाए

को छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर