Sunday, August 9, 2026

लागू औषध गाँजा सहित एक जना प्रहरीको नियन्त्रणमा

कलैया, ०१ चैत । विशेष सूचनाको आधारमा प्रहरीले १३ किलो लागु औषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ बजनी वीरगंज पथलैया सडक खण्ड स्थितमा अस्थाई प्रहरी पोष्ट, रामबन बाराबाट प्रहरी बरिष्ट हवल्दार दिलिपकुमार सिंहको कमाण्डमा खटिएको चेकिङ टोलिले उनलाई पक्राउ गरेको हो।

हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी जाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार को साथमा रहेको २ वटा बोरामा २ पोका अवैध लागु औषध गाँजा फेला पारेको हो।

प्रहरीले लागु औषध गाँजा सहित मकवानपुर राक्सिराङ गा.पा.वडा न.१ बस्ने ५० वर्षीया सुशिला गोलेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर