Monday, August 10, 2026

कर्मचारी युनियनले भन्यो कक्षा १२ को परीक्षा सञ्चालनमा हामी सहभागी हुँदैनौँ

कलैया, ०९ वैशाख। कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै निजामती कर्मचारी ट्रेड युनियनले असन्तुष्टि जनाएको छ। युनियनका नेताहरूले आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा असन्तुष्टि जनाएका हुन्।

आज बिहान मात्रै राष्ट्रिय परीक्षा बोर्डको बसेको बैठक निजामती कर्मचारीहरूलाई सहभागी गराएर कक्षा १२ को परीक्षा ओउर्व निर्धारित वैशाख ११ गते देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो। बोर्डको यो निर्णय प्रति युनियनले असन्तुष्टि जनाएको हो।

यता केहिबेर अघि सम्पन्न नेपाल शिक्षक महासंघको बैठकले कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी हुन बोलाएको छ। महासंघको बैठकले आन्दोलनलाई निरन्तरता दिने र कक्षा १२ को परिक्षामा सहभागी नहुने निर्णय गरेको हो ।

सरकार र महासंघको टसलका कारण कक्षा १२ का परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर