Wednesday, September 9, 2026

आतंकवादी हमलामा मारिएका नेपाली नागरिक सुदिप न्यौपानेलाई श्रद्धाञ्जली 

Advertisement
Advertisement Advertisement

बुटवल, ११ बैशाख। भारतको कश्मीरमा भएको आतंकवादी हमलामा मृत्यु भएका नेपाली नागरिक बुटवलका सुदीप न्यौपानेको शव आज बिहान बुटवलस्थित उनको घरमा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीले सुनौली नाका हुँदै सुदीपको शव आज बिहान ल्याइएको जानकारी दिए । उनको पार्थिव शरीर आज नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।

जम्मू काश्मिरको पहलगाममा उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि गएका थिए। आतंककारीहरूले हिन्दु पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।

सुदिप न्यौपानेले सामान्य चिकित्सा अध्ययन गरेको विद्यालयले उनको श्रद्धाञ्जली सभा आयोजना गरेको छ। बि.स. २०७४ मा रम्भादेवी कलेज अफ मेडिकल साइन्सबाट समान्य चिकित्सा अध्ययन पुरा गरेका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर