कलैया, १५ बैशाख। मकवानपुर स्थित महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं ८ स्थित सडकमा बसको ठक्करबाट पर्साको एक जनाको मृत्यु भएको छ ।
पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका वडा नं ३ कटैया निवासी ३६ वर्षीय परबेज अन्सारीको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मृतक अन्सारी ना ५ ख ८६६८ नं को ट्रकको धनी रहेको बताइएको छ । सोही एरियामा बिग्रिएको ट्रक मर्मतका लागि मिस्त्री बोलाई ट्रक मर्मत गरी मिस्त्री र सामान पुर्याउन पैदल जाने क्रममा बसको ठक्करबाट अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।
ठक्कर दिने बस र चालक उदयपुरको कटारी नगरपालिका वडा नं २ निवासी ३९ वर्षीय युवराज माझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको उपरीक्षक अर्यालले जानकारी दिनुभयो।