Sunday, July 26, 2026

बारामा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

कलैया, १६ बैशाख। बारा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एकजना भारतीय र एकजना नेपाली नागरिक गरी २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्ला ग्राम अरेराज मलाही ११ बस्ने २३ वर्षिय नितेश कुमार ठाकुर र पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ बस्ने २६ वर्षिय सिद्धान्त पटेल रहेका बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेकबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं २१ अमलेखगंज स्थित प्रहरी कार्यालय अगाडी चेक पोइन्टमा भारतिय कारबाट वीरगन्जबाट हेटौडा तर्फ जादै गरेको अवस्था पक्राउ गरिएको हो।

बिआर ०५ बिए ४८१७ नम्बरको भारतिय कारको पछाडिको सिट मुनि फल्स बटम बनाई लुकाई छिपाई लैजादै गरेको २ हजार ९ सय ६५ पत्ता (प्रति पत्तामा १० पिस) मा गरी २९ हजार ६ सय ५० पिस ट्रमाडोल हाईड्रो क्लोराइड क्याप्सुल बरामद गरिएका प्रवक्ता पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर