Wednesday, September 9, 2026

ठुलो मात्रामा अबैध लागुऔषध सहित रौतहटका एकजना हेटौंडामा पक्राउ

Advertisement
Advertisement Advertisement

हेटौडा, २६ बैशाख। ठुलो मात्रामा अबैध लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले रौतहटका एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नं ९ बस्ने ३२ वर्षिय सुनिल सिंह पटेल रहेका छन्। पटेलले पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा रौतहटबाट काठमाडौँ तर्फ जादै गरेको बा. प्र. ०१-०३१ च ५०२२ नम्बरको यात्रुवाहक ईभी गाडीमा अबैध लागुऔषध ट्याब्लेट लैजाँदै थिए भने प्रहरी चौकी रातोमाटे चेकपोईन्टबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

गाडीको छतमा रातो रंगको सुटकेस र झोलाभित्र लुकाई छिपाई ल्याईएको अवस्थामा लागुऔषध नाईट्राभेट ३४४० ट्याब्लेट, ट्रामाडोल २९५० क्याप्सुल, फेनार्गन ३८५ एम्पुल, नुफिन ३९५ एम्पुल र डाईजेपाम ३८७ एम्पुल उनको साथबाट फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

पक्राउ परेका पटेललाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध नाईट्राभेट समेत मुद्धामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर