Sunday, July 19, 2026

नियमकिय निर्देशक र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र कार्यान्वयन विषयक गोष्ठी सम्पन्न

वीरगन्ज, २७ बैशाख। अपरेटिभ म्यानेजर्स क्लब, पर्साको आयोजनामा तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड, बिरगंज शाखाको प्राविधिक सहयोगमा “नियमकिय निर्देशन र पुँजी पर्याप्तता: सिद्धान्त, गणना र कार्यान्वयन” विषयक १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी क्षेत्रको दीर्घकालीन वित्तीय सुदृढता, नियमन र पारदर्शिता अभिवृद्धिका लागि आवश्यक नियम, निर्देशन र पुँजी गणनाका विधिहरूबारे गहन प्रस्तुति तथा छलफल गरियो। शाखा प्रमुखले सहकारीको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरू प्रस्तुत गर्दै सहकारी व्यवस्थापनमा बैंकको सहकार्य र सहयोग अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए।

कार्यक्रम सञ्चालन प्रदीप कुमार लोहारले गरेका थिए। क्लबका सचिवद्वारा सहकारीहरूको सरोकार, समस्या तथा प्रशिक्षण आवश्यकताका बारेमा विवरण प्रस्तुत गरियो। सहभागीहरूले गोष्ठीलाई अत्यन्त उपयोगी र व्यवहारिक अनुभूति गरेका छन्।

सहकारी व्यवस्थापनमा संलग्न व्यक्तिहरूबीच ज्ञान आदानप्रदान तथा नेटवर्क विस्तार गर्न गोष्ठी सफल ठहरिएको छ। अपरेटिभ म्यानेजर्स क्लब, पर्साले भविष्यमा यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

यस्तो किसिमको कार्यशालाले सहकारीहरूको दक्षता, पारदर्शिता तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

शनिबार पुजन होटल, बिरगंजमा आयोजित गोष्ठीमा पर्साका ७० जना प्रबन्धकहरूको सहभागिता रहेको उक्त कार्यक्रम क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको हो भने राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डलले प्रमुख अतिथिको रूपमा गोष्ठी उद्घाटन गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु बराल, सल्लाहकारका रूपमा संस्थापक अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया तथा निवर्तमान अध्यक्ष संजय कुमार महतोको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर