Wednesday, September 9, 2026

बारा: हुलाक कार्यालयका तत्कालीन प्रमुख कुर्मी सहित ६ जनामाथि विशेष अदालतमा मुद्दा

Advertisement
Advertisement Advertisement

कलैया, १३ वैशाख। जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख बलीराम प्रसाद कुर्मीसहित अन्य ६ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी लिँदै आएको भए पनि बचतकर्ताको रकमको सही अभिलेख नराखी आपसमा बाँडफाँड गरी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको हो।

भ्रष्टाचार ऐन अन्तर्गत मुद्दा

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार, कूल रु. पाँच करोड ३५ लाख ६४ हजार दुई २७९ रुपैयाँ ३३ पैसा हिनामिना आरोपमा कुर्मीसहित अन्य कर्मचारीमाथि कैद र जरीवानाको माग गर्दै आरोपपत्र दायर भएको हो।

अन्य संलग्न कर्मचारीमाथि पनि मुद्दा

बचत बैंक हिनामिनामा कुर्मीका साथै तत्कालीन कार्यालय प्रमुखहरु जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहसमेतको संलग्नता रहेको अख्तियारले जनाएको छ।

गलत अभिलेख र रकम दुरुपयोग

अनुसन्धानका क्रममा बचतकर्ताहरूको रकमलाई कुनै लेखाजोखा नराखी व्यक्तिगत फाइदाका लागि प्रयोग गरिएको खुलासा भएको छ। बचतकर्ताहरूको रकम पासबुक र लेजर बुकमा मात्र जनाई कार्यालयको नगदी रजिष्टरमा प्रविष्टि नगरिएको र बैंकमा दाखिला नगरी रकम दुरुपयोग गरिएको पाइएको छ।

विशेष अदालत, काठमाडौंमा दायर गरिएको आरोपपत्रमा कुर्मी र अन्य संलग्न कर्मचारीहरूले हुलाक बचत बैंकको रकम अपचलन गरी आपसमा बाँडफाँड गरेको र कार्यालय प्रमुखहरूको समेत मिलेमतो रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर