15.2 C
Kalaiya

Friday, December 12, 2025
spot_img
15.2 C
Kalaiya
Friday, December 12, 2025

बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा ६८ वर्षिय पुरुष पक्राउ 

spot_img
spot_img

वीरगन्ज, ३१ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्साले बैदेशिक रोजगारी सम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

Advertisement

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं २४ बस्ने ६८ वर्षिय पुरुष सिताराम प्रसाद कुर्मी रहेका छन्। उनलाई सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक प्रसाद कुर्मी समेत भएको बैदेशिक रोजगारी सम्बन्धी मुद्दामा बैदेशिक रोजगार विभाग ताहाचलको पत्र अनुसार पक्राउ गरिएको हो।

Advertisement

घिमिरेको मुद्दा दर्ता नम्बर ३८९२ र रोजगार विभागको चलानी नं १७३०२ को पत्र पश्चात जिल्लाबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा बुधबार पक्राउ गरेको हो। कुर्मीले वैदेशिक रोजगारीमा पठाउन घिमिरे संग पैसा लिएर ठगेका थिए।

Advertisement

पक्राउ परेका कुर्मीलाई थप अनुसन्धानको लागि प्रहरी कर्मचारीको जिम्मा लगाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर