Thursday, September 10, 2026

सिमरामा एयरपोर्ट रोडको नाला सुधार कार्यमा लापरवाही

Advertisement
Advertisement Advertisement

सिमरा, ०५ जेठ। बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ र २ मा पर्ने सिमरा एयरपोर्ट रोडमा नाला सुधार काममा भएको ढिलाई र लापरवाहीका कारण स्थानिय बासिन्दा गहिरो समस्यामा परेका छन्।

नाला सफाई गर्ने कार्य डेढ महिनादेखि दुई महिासम्म ढिलो भएको र त्यसपछि नाला सफा गरे पनि, त्यसको धक्कनलाई अलपत्र पारिएकोले त्यसमा उत्पन्न हुने किराहरु घरमा पस्ने गरेको स्थानिय कृष्णा थापाले गुनासो गरेका छन्।

यस्तै स्थानीय रेनु गौतमले व्यवसायीहरूले यो असमाधानलाई लिएर गहिरो निराशा व्यक्त गरेकी छन्। एयरपोर्ट जस्तो महत्वपूर्ण सडकमा नाला सफा गरेर त्यसको धककन अलपत्र राख्नु, जुन बाटो हिड्ने यात्रु, व्यवसायी र बासिन्दाका लागि असुविधा र स्वास्थ्य जोखिम पैदा गरिरहेको गौतमको भनाई छ।

उपमहानगरले यो समस्याको समाधानमा गम्भीर रूपमा ध्यान नदिएको र वडा अध्यक्ष पनि यस विषयमा चासो नलिएकोले स्थानिय बासिन्दा, व्यापारी र समुदायमा ठूलो असन्तोष फैलिएको छ।

सरसफाईमख असंवेदनशीलता र लापरवाहीले गर्दा उपमहानगरमा संक्रमण फैलिने सम्भावना उच्च रहेको छ। नगरपालिकाले यस मुद्धामा गम्भीर रूपमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर