Sunday, July 19, 2026

सिमरा विमानस्थलबाट काठमाडौँको लागि उडेकी एकजना महिलाको मृत्यु 

अभिनाश अधिकारी/सिमरा, ०७ जेठ। बाराको सिमरा विमानस्थलबाट उपचारको लागि काठमाडौँ जादै गरेकी एक जना महिला बिरामीको मृत्यु भएको छ ।

हिजो मंगलबार ४ बजेको उडानमार्फत उपचारको लागि काठमाडौँ जादै गरेकी रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ११ बस्ने अन्दाजी ३९ वर्षीया राजुकुमारी चौधरीको मृत्यु भएको बुद्ध एयर सिमरा शाखाका प्रमुख सुरेश रेग्मीले जानकारी दिए।

चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौँ लैजाने क्रममा विमान मै केही समय फोटो खिचेको र त्यसपछि काठमाडौँ पुग्ने क्रममै असजिलो भएको प्रमुख रेग्मीले बताए।

काठमाडौं पुग्दासम्म अचेत भईसकेकी चौधरीको सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

बारा अपडेटसंग कुराकानी गर्दै प्रमुख रेग्मीले भने, “उनी उपचारको लागि काठमाडौँ जादै थिईन्। हामीले डकुमेन्ट पनि हेर्यौ। वीरगन्जको कुनै अस्पतालको डकुमेन्ट हेराउनु भएको थियो। हामीले उनलाई विमानमा हुने कुनै क्षतिको जिम्मेवार कम्पनी नहुने एग्रिमेन्ट गराएरै चढाएका थियौं।”

मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ भने घटनाको बारेमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर