Friday, June 5, 2026

बारा : प्रशासनद्वारा दुईवटा डेरीलाई गरियो जरिवाना

spot_img

कलैया,१३ जेठ । बाराको कलैयामा सञ्चालित दुईवटा डेरीलाई जिल्ला प्रशासन कार्यालय बाराले मापदण्ड पुरा नगरेको भन्दै मंगलबार जरिवाना गरेको छ। जानकी डेरीमा खाद्य तथा गुण नियन्त्रण कार्यालयले खाद्य अनुज्ञापत्र दिएको विगत ३ वर्षदेखि नवीकरण नगराएको अनुगमनको क्रममा पाइएको छ।

नापतौल गर्ने तराजुको अनुमतिपत्र नभएको,कानुन सम्बद्ध नभएको र सरसफाइमा कमि कमजोरी रहेको भन्दै पचास हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलिका प्रमुख एवम् बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए।

त्यस्तै अनुगमनको क्रममा गढीमाई डेरीमा उद्योग दर्ताको प्रमाणपत्र विगत पाँच वर्षदेखि नवीकरण नभएको पाइएको छ। खाद्य अनुज्ञापत्र नवीकरण नभएको,नापतौल गर्ने तराजुको अनुमतिपत्र नलिएको र सरसफाइमा कमि रहेको भन्दै पचास हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ भट्टराईले बताए।

त्यसैगरी कलैया डेरीमा मानवीय कमजोरी रहेकोले उक्त डेरी उद्योगलाई सुझाव दिइएको छ। जिल्ला प्रशासन कार्यालयको टोलिले मंगलवार छड्के अनुगमन गर्दै अनुगमन टोलीले जरिवाना गरेको हो। “स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने मूल नाराका साथ उक्त अनुगमन गरिएको हो।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईको नेतृत्वमा गएको टोलिमा गुणस्तर तथा नापतौल कार्यालय वीरगंजका निरीक्षक हरिभजन त्रिपाठी,वाणिज्य कार्यालय वीरगंजका प्रतिनिधि मधुरेश प्रसाद साह,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगंजका प्रतिनिधि,घरेलु तथा साना उद्योग कार्यालय बाराका सहायक शाखा अधिकृत अमोद यादव,जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान र जिल्ला प्रहरी कार्यालय बाराका प्रतिनिधि,उपभोक्ता हित संरक्षणका प्रतिनिधिहरु लगायतका सहभागि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर