Friday, July 24, 2026

फरक-फरक सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु

सर्लाही, २१ जेठ। सर्लाहीमा फरक-फरक सवारी दुर्घटनामा परि एकैदिन ३ जनाको मृत्यु भएको छ। बरहथवा: सर्लाहीको बरहथवा नगरपालिका वडा नं १७ को वडा कार्यालय नजिक कटानीबाट कडरिया टोल जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको दाहिने पट्टी खस्दा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं ४ बस्ने कैलाश रायको ३५ वर्षिय छोरा घनश्याम राय रहेका छन्। दुर्घटनामा परि गम्भीर घाइते भएका रायको उपचारको क्रममा मंगलबार बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा मृत्यु भएको हो।

ईश्वरपुर: सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ५ फुलजोर चौकमा लालबन्दीबाट पुर्वतर्फ जादै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तर हाइवे तर्फ जादै गरेको बिआर ०१ एफजे ६९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका वडा नं ६ घर भै सशस्त्र प्रहरी जवान मिन बहादुर दानी रहेका छन्। दानी सर्लाहीको मलंगवा नगरपालिका वडा नं ३ बस्ने मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको व्यक्तिगत सुरक्षामा खटिएका थिए। उनको मृत्यु पनि बाराको नौतन स्थित एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मंगलबार भएको थियो।

बागमती: सर्लाहीको बागमती नगरपालिका वडा नं ८ स्थित बरहथवाबाट सोल्टी तर्फ जादै गरेको ना २ त २८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकजनाको बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्यहिका सागर बिष्टको ४ वर्षिय छोरी प्रनिशा बिष्ट रहेकी छन्। ठक्कर पश्चात घाटी, शरिरमा गम्भीर चोटपटक लागी घाइते भएकाई प्रनिशाको वीरगन्ज स्थित बयोधा अस्पतालमा मंगलबार मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो।

यी सबै दुर्घटना गराउने गाडीहरु र टिपर तथा ट्याक्टर चालकहरु प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर