Wednesday, September 9, 2026

बाराको आदर्श कोतवालमा तराजुमा तौल कम गराएर किसानलाई ठगेपछि

Advertisement
Advertisement Advertisement

कलैया, २६ जेठ। बाराको आदर्श कोतवल गाउँपालिकामा मकै खरिद गर्न आएका एकजना व्यापारीले डिजिटल तराजुमा कम तौल कायम गराएर किसानलाई ठगेका छन्।

आदर्श कोतवाल गाउँपालिकाको वडा नं १ चिउटहामा मकै खरिद गर्न आएका माँ अम्बे गल्ला भण्डारका व्यापारी कन्हैया प्रसाद साहले तराजुमा तौल कम गराएर खरिद गरिरहेको क्रममा किसानलाई विश्वास नलागेपछि आफ्नै पसलको डिजिटल तराजुमा तौल गराउन जाँदा ठगिएको पाइएको हो।

व्यापारी साहले साढे ५२ किलो मकै तौल गरेर घर गएपछि शंकामा घेरिएका किसान बिन्दु प्रसाद साह कानुले आफ्नै पसलखो डिजिटल तराजुमा तौल गर्दा साढे ५४, ५५, ५८ र ५९ किलो भेटिएको एकजना स्थानियले जानकारी दिए।

व्यापारी साह भने मकैको दाम अरु व्यपारी भन्दा महंगो दिएको पनि खुलेको छ। अरु व्यापारीले ३ हजार ३०० मा खरिद बिक्रि गरिरहँदा उनले ५० रुपैयाँ बढाएर ३ हजार ३५० रुपैयाँमा खरिदबिक्री गरिरहेका थिए।

मकै किसान कानुको लगभग २५ क्विन्टल मकै साहले किनेका थिए भने त्यसमा २, ३, ५ र ६ किलोसम्म बढी तौल गरेको पाइएको थियो। स्थानियका अनुसार व्यपारिले गाउँका धेरै किसानसँग मकै खरिद गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर