चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नं ४ खहरेपुल बस र विधुतीय भ्यान एकआपसमा ठोक्किँदा गर्भवती महिला सहित ७ जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् ।
शनिबार बिहान सवा १० बजे धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको यात्रु बाहक बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको विधुतीय भ्यान आपसमा ठोक्किएका थिए ।
भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा ५ जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा २ जनाको मृत्यु भएको चितवन प्रहरले जनाएको छ।
भरतपुरमा मृत्यु हुनेमा मकवानपुरको हटिया ३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा ५ बस्ने ५३ वर्षिय मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर वतन नखुलेको अन्दाजी १९ की महिला, अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ को पुरुष रहेका छन् ।
यस्तै पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा नामथर वतन नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को पुरुष रहेका छन् ।
घाइतेहरुको उपचार भईरहेको छ, भने प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ।