23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

कलैया उपमहानगरले ल्यायो १ अर्ब ५१ करोडको बजेट

गत आर्थिक वर्षको तुलनामा यसवर्ष १ करोड ३७ लाख ३३ हजार कम बजेट

spot_img
spot_img

बारा । बाराको कलैया उपमहानगरपालिकाले १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख रौशन परविनले १३औं नगर सभाको बैठकमा १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार बराबरको आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेकी हुन ।

“शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” नारा सहित १३औं नगर सभा सुरु भ​एको हो । उपमहानगरले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५३ करोड २८ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो। गत आर्थिक वर्षको तुलनामा यसवर्ष १ करोड ३७ लाख ३३ हजार कम बजेट उपमहानगरले ल्याएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नेपाल सरकारबाट समानिकरण अनुदान २५ करोड ५२ हजार, शसर्त अनुदान ५४ करोड ४४ हजार, शसर्त अनुदान पुँजीगत ६ करोड ५१ लाख, समपुरक अनुदान २ करोड, मधेस प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ९५ लाख ८८ हजार, शसर्त अनुदान पुँजीगत १ करोड २५ लाख, बिशेष अनुदान ३० लाख, समपुरक अनुदान पुँजीगत २० लाख प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै राजस्व बाँडफाँड प्रदेश सरकारबाट २७ करोड, राजस्व बाँडफाँड स्थानीय तर्फबाट ६ करोड ९८ लाख ४५ हजार, राजस्व बाँडफाँड संघिय सरकारबाट २० करोड ५ लाख, आन्तरिक श्रोतबाट ३० करोड र आन्तरिक श्रोत बैंकमा मौज्दात १ करोड गरी जम्मा १ अर्ब ५१ करोड ९१ लाख ३३ हजार बजेट ल्याएको हो।

कार्यक्रममा बोल्दै उपमहानगरका नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर