Saturday, September 26, 2026

सशस्त्र प्रहरीद्वारा १०७ कार्टुन मदिरा बरामद

Advertisement
Advertisement

राजविराज । सशस्त्र प्रहरीले सप्तरी जिल्ला राजगढ गाउँपालिका–२ कमलपुरस्थित दशगजा ईलाकाबाट १ सय ७ कार्टुन मदिरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कुमार श्रेष्ठको कमाण्डमा खटिगएको मोबाईल गस्तीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको मामाश्री ब्राण्डको (मदिरा) सहित ओसारपसारमा संलग्न दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमा सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने बर्ष २६ को नारायण यादव र सोही गाउँपालिका–३ झुटकी बस्ने बर्ष २४ को रोहित मुखिया रहेका छन् । उनीहरुलाइ बरामद मदिरासहित थप कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठिमा बुझाईएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर