१२ असार, बारा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अनिल साह लाई कलैया उपमहानगरपालिकाले नगद सहित सम्मान गरेको छ । कलैया उपमहानगरले जारी नगरसभाको बैठकमा अनिललाई सम्मान गरेको हो ।
कलैया उपमहानगरका नगर प्रमुख बिनोद साह , उपप्रमुख रौशन परविन , प्रमुख प्रशासकीय अधिकृत नाथु साह , नगर खेलकुद बिकास समितिका संयोजक एम.समिउल्लाहले संयुक्त रुपमा सम्मान गरेका हुन । उनलाई उपमहानगरले एक लाख एक हजार र सम्मानपत्र सहित सम्मान गरेको हो ।
अनिल एक मात्र बारा जिल्लाबाट खेलाडी हुन जसले विश्वकप खेलेका छ्न । अनिलले पहिलो खेलमा नेदरल्याण्डविरुद्ध १२ बलमा ११ रन जोडेका थिए भने दक्षिण अफ्रिकाविरूद्ध २४ बलमा २७ रन जोडेका थिए ।
उनले सोहि खेलमा मार्को जनसेनको क्याच लिएका थिए । अनिल अन्तिम खेल बंगलादेश विरुद्ध २ बलमा खाता नखोली आउट भएका थिए। बंगलादेश विरुद्धको खेलमा पनि उनले रिसाद हुसैनको क्याच लिएका थिए । टि-२० विश्वकपमा नेपालको लागि उनले जम्मा ३८ रन बनाउन सफल भए ।