Friday, July 31, 2026

क्रिकेटर अनिल साहलाई कलैया उपमहानगरले गर्यो एक लाख नगदसहित सम्मान

१२ असार, बारा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अनिल साह लाई कलैया उपमहानगरपालिकाले नगद सहित सम्मान गरेको छ । कलैया उपमहानगरले जारी नगरसभाको बैठकमा अनिललाई सम्मान गरेको हो ।

कलैया उपमहानगरका नगर प्रमुख बिनोद साह , उपप्रमुख रौशन परविन , प्रमुख प्रशासकीय अधिकृत नाथु साह , नगर खेलकुद बिकास समितिका संयोजक एम.समिउल्लाहले संयुक्त रुपमा सम्मान गरेका हुन । उनलाई उपमहानगरले एक लाख एक हजार र सम्मानपत्र सहित सम्मान गरेको हो ।

अनिल एक मात्र बारा जिल्लाबाट खेलाडी हुन जसले विश्वकप खेलेका छ्न । अनिलले पहिलो खेलमा नेदरल्याण्डविरुद्ध १२ बलमा ११ रन जोडेका थिए भने दक्षिण अफ्रिकाविरूद्ध २४ बलमा २७ रन जोडेका थिए ।

उनले सोहि खेलमा मार्को जनसेनको क्याच लिएका थिए । अनिल अन्तिम खेल बंगलादेश विरुद्ध २ बलमा खाता नखोली आउट भएका थिए। बंगलादेश विरुद्धको खेलमा पनि उनले रिसाद हुसैनको क्याच लिएका थिए । टि-२० विश्वकपमा नेपालको लागि उनले जम्मा ३८ रन बनाउन सफल भ​ए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर